Logo

तासीले पाए हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधि, माधव सिम्खाडा बने रनरअप

तासीले पाए हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधि, माधव सिम्खाडा बने रनरअप



काठमाडौं । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई गल्फ टुर्नामेन्टको उपाधि तासी दोङले पाएका छन ।

laxmi

चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको उक्त प्रतियोगितामा १ सय ८ गल्फरको सहभागीता रहेको थियो । प्रतियोगिता स्र्टेबल फोर्ड विधा अन्तर्गत खेलिएको थियो ।

नेपालको लागी दक्षिण कोरियाको राजदूत पार्क योङ सिक, लक्ष्मी इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

उपाधि जितेका तासीले समान अंक बनाएको माधव सिम्खडालाई काउण्ट ब्याकको आधारमा पछि पारेका थिए । उपाधिसँगै तासीले १ लाख बीस हजार रुपैंयाँ बराबरको गार्मीन अप्रोच एस् ६० प्रिमियम जिपिएस् गल्फ घडी र बस्नेल भी–४ रेन्ज फाइन्दर पुरस्कार पाए ।

रनर अफ भएका माधवले उपाधि सँगै गार्मीन एस ६० जि पि एस् गल्फ घडी पुरस्कारमा पाए । काउण्ट ब्याकमा ३८ अंक बनाएका संगम केसी दोस्रो रनर अप हुँदै गार्मीन अप्रोच एक २० जीपिएस् गल्फ घडी पुरस्कार पाए ।

३८ ग्रोस अंक बनाउँदै तासी छिरिङ ले बेस्ट ग्रोसको उपाधिका साथै गार्मीन अप्रोच एस ६० प्रिमियम जिपिएस गल्फ घडी जिते । ३७ अंकका साथ सिनियर तर्फको उपाधी गोपाल चित्रकारले जिते । १९ अंकका साथ जुनियर तर्फ सत्भाव आचार्य पहिलो भए । महिला तर्फ ३० अंक बनाउदै कल्याणी मोक्तान पहिलो भईन । तीनै विधाका विजेताले गार्मीन अप्रोच एस २० जिपिएस गल्फ घडी जिते ।

३८ अंकका साथ समिर आचार्यले हुन्डाई कार वीनर अन्तर्गतको विधामा जितेका छन् । क्लोजेस्ट टु द पिनमा गौरव शाह लंगेस्ट ड्राइभमा साम दोवलड र मोस्ट बर्डीमा तासी छिरिङ विजयी भए । तीनै विधाका विजेताले गार्मीन अप्रोच एस २० जिपिएस गल्फ घडी जितेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL