Logo

नेप्से परिसुचक सामान्य उकालो लाग्दा बढ्न सकेन कारोबार, देखिएन लगानीकर्ताको उत्साह

नेप्से परिसुचक सामान्य उकालो लाग्दा बढ्न सकेन कारोबार, देखिएन लगानीकर्ताको उत्साह



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजार खुलेको केही समय दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक अन्तमा ५ दशमलव ९९ अंकले बढ्न पुगेको छ ।

laxmi

बजार सामान्य रुपमा बढ्दा कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो हप्ता दैनिक ५० करोड रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको बजारमा आईतबार ३७ करोड रुपैयाँमा सिमित बन्न पुग्यो ।

दिनभर १ सय ७२ कम्पनीका १४ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा साईन रेसुङ्डा डेभलपमेन्ट बैंकको संस्थापक सेयरको हिस्सा ठूलो रहेको छ । सो बैंकको ४ करोड ६० लाख रुपैयाँ बराबरेको संस्थापक सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको पनि २ करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

६ अंकले बढेको बजारमा कुनै पनि समुहको परिसुचक धेरै अंकले बढ्न सकेका छैनन् । बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४६ अंकले बढेको थियो भने उत्पादनमुलक समुहको परिसुचक ३५ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा सामान्य वृद्धि भएको छ । सो समुहको परिसुचक ७ दशमलव ६१ अंकले बढ्दा फाइनान्स ७ अंकले उकालो लागेको छ ।

तर, बढ्दो बजारमा विकास बैंक, होटल र अतिरिक्त समुहको परिसुचकमा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL