Logo

ईजी मोबाईलको एकै मासिक किस्ताबन्दीमा दुई स्मार्टफोन, कम्बो अफर सार्वजनिक

ईजी मोबाईलको एकै मासिक किस्ताबन्दीमा दुई स्मार्टफोन, कम्बो अफर सार्वजनिक



काठमाडौं । अब मोबाईल किन्न ईच्छुक ग्राहकले एकै मासिक किस्ताबन्दीमा २ ओटा मोबाईल लिन पाउनेछन ।

laxmi

१ रुपैयाँमै ग्राहकहरुलाई मोबाईल उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयरले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको हो ।
कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको ल्याइएको हो ।

उक्त योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन । त्यसको लागि ग्राहकहरुले केबल १ रुपैयाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस १० संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । त्यसैगरि ग्यालेक्सी एस १० प्लस संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसंग एम २० का साथमा सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन १ रुपैयाँ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।

यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्तरुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभो कै भी नाइन र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ ।

ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ । ह्वावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक रु.१ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध छ ।

सिमित अवधिका लागि घोषणा गरिएको उक्त अफर अन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

कम्पनीबाट १ रुपैयाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL