Logo

शिबम सिमेन्टको आइपीओ आजदेखि, सेयर बिक्री नभएपनि प्रिमियम घट्यो

शिबम सिमेन्टको आइपीओ आजदेखि, सेयर बिक्री नभएपनि प्रिमियम घट्यो



काठमाडौं । शिबम सिमेन्टले आजदेखि सर्वसाधारणको लागि प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले यस अघि घोषणा गरिएको भन्दा मूल्य घटाएर आईपीओ जारी गरेको हो । कम्पनीले यस अघि स्थानीय बासिन्दाको लागि सेयर निष्काशन गर्दा बिक्री नभएपछि प्रिमियम घटाएको हो ।

laxmi

जस अनुसार आयोजना प्रतिकित्ता १ सय रुपैयाँ घटाउँदै प्रभावित बासिन्दाको लागि प्रतिकित्ता २ सय रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३ सय रुपैयाँमा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता प्राथमिक सेयरको निष्काशन गरेको छ । यसैगरी सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । उक्त सेयर न्युनतम ५० कित्तादेखि अधिकतम बिक्री खुला गरिए बराबरको आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL