Logo

पोखरामा पनि पुग्यो किङ्स लाउन्ज, यस्ता छन सुविधा

पोखरामा पनि पुग्यो किङ्स लाउन्ज, यस्ता छन सुविधा



काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा २०७६ बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो ।

laxmi

पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै विस्तारित गर्दै पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

यसै गरी प्रेम दिवसको अवसरमा फेब्रुअरि १४ का दिन मंगोलियन हर्टले दरबारमार्गस्थित किङ्स लाउन्जमा प्रस्तुती दिने भएको छ । मंगोलियन हर्टका राजु लामाले व्याण्डको सिरिज कन्सर्ट अन्तरगत किङ्स लाउन्ज दरबार मार्गमा सांगितिक प्रस्तुती दिन लागेका हुन् । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि लामाले आफ्नो व्याण्डको साथमा सांगितिक प्रस्तुती दिने श्रेष्ठले जानकारी दिएका छन ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL