चन्द्रागिरिको भ्यालेन्टाईन अफर, यस्तो छ जोडी प्याकेज

काठमाडौं । चन्द्रागिरि हिल्सले प्रणय दिवसलाई लक्षित गर्दै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कम्पनीले फागुन २ गते (फेब्रुअरी १४), मा उक्त कार्यक्रम गर्न लागेको हो । कम्पनीका अनुसार कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार२२५२० मा संचालन हुनेछ ।

United Cement

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३ हजार ९ सय ९९ रुपैयाँ तथा प्रति व्यक्ति २ हजार ४ सय ९९ रुपैयाँको प्याकेज पनि प्राप्त गर्न सक्नेछन ।

उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status