Logo

बीमा समुह खस्किदा दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खस्कियो

बीमा समुह खस्किदा दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खस्कियो



काठमाडौं । सातको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १२ अंकले घट्दै १ हजार १ सय २७ अंकमा झरेको छ ।

laxmi

दोहोरो अंकले ओरालो लागेको नेप्से परिसुचकमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा कम्पनीको परिसुचक १६० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ११० अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ६ दशमलव ७२ अंकले गिरावट आएको छ । यसैगरी विकास बैंक समुहको परिसुचक १४ दशमलव ६५ अंकले घट्दा जलविद्युत २६ र माइक्रो फाइनान्स समुहको परिसुचक १६ अंकले ओरालो लागेको छ ।

दोहोरो अंककले गिरावट आएको बजारमा कारोबार रकममा सुधार आउन सकेन । दिनभर कुल २३ करोड ५१ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भए । जसमा १ सय ६० कम्पनीको ७ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा ३ वटा कम्पनी बाहेक अन्यको कारोबार १ करोड रुपैयाँ माथी हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL