Logo

उन्नति माईक्रो फाइनान्समा नयाँ संचालक समिति, सर्वसाधारबाट चुनिए गौतम र तिवारी

उन्नति माईक्रो फाइनान्समा नयाँ संचालक समिति, सर्वसाधारबाट चुनिए गौतम र तिवारी



काठमाडौं । उन्नति माइक्रो फाइनान्समा नयाँ संचालक समिति चयन भएको छ । उन्नतिको हिजो भएको साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।

laxmi

हिजो भएको निर्वाचनबाट तीन जना संचालहरु चयन भएका छन् । जसमा संस्थापकतर्फबाट केशवप्रसाद शर्मा तथा साधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद गौतम र राजन तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।


हाल उन्नतिको संचालक समितिको अध्यक्षमा अनिता ढुङ्गाना शाह छिन् । यसैगरी सदस्यहरुमा शर्मा, गौतम, तिवारी र खड्गबहादूर राना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL