Logo

टिसीएल ब्राण्ड ६ अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित, २०१९ मा नयाँ टेलिभिजन ल्याउँदै

टिसीएल ब्राण्ड ६ अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित, २०१९ मा नयाँ टेलिभिजन ल्याउँदै



काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कार बाट सम्मानित भएको छ । कम्पनी लस भेगसमा आयोजित ‘कन्जुमर ईलेक्ट्रोनिक्स सार्प २०१९’ मा विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्धारा सम्मानित भएको हो ।

कम्पनीले उक्त सम्मेलनमार्फत ८के टिभी गोल्ड अवार्ड अफ दि ईयर, ग्लोबल कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड टप ५० लगायत झण्डै ६ ओटा अन्तरराष्ट्रिय पुरस्कार हात पारेकोे छ ।

आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता भएका टिसीएल ब्राण्डका टेलिभिजनहरु नेपालमा पनि उपलब्ध छन ।

उक्त सम्मेलनमा कम्पनीले आफ्नो उत्पादनलाई थप नयाँ आयाम दिनका लागि ‘टिसीएल एआई ईन’ बजारमा ल्याउने घोषणा पनि गरेको छ ।

हाल नेपालमा उक्त ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरर्गतको सीजी ईलेक्ट्रोनिक्स रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL