Logo

बिहीबारदेखी हुण्डाई एक्सचेन्ज मेला, १ लाख ५० हजार नगद बोनस

बिहीबारदेखी हुण्डाई एक्सचेन्ज मेला, १ लाख ५० हजार नगद बोनस



काठमाडौ. । हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ ।

बिहीबार देखी शुरु हुने उक्त एक्सचेन्ज अफरमा स्पोर्ट एक्सचेन्ज तथा मूल्याङकन, फाइनान्स र बीमा सुविधा समेत रहेको छ । साथै उक्त अफर अन्तरर्गत नगद छुट सँगै १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस समेत रहेको प्रालिले जानकारी दिएको छ ।

अफरमा नगद १ लाख ५० हजार रुपैयाँको एक्सचेन्ज बोनसका साथै ४ वर्षे फ्रि सर्भिस र ३ वर्षे वारेण्टी तथा हरेक टेष्ट ड्राईभमा आकर्षक उपहार समेत रहेको प्रालिले जानकारी दिएको छ ।

देशव्यापी कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने प्रालिका महाप्रवन्धक रुपेश शर्माले बताएका छन ।

देशभरिनै उक्त उक्सचेन्ज मार्फत सेवाग्राहीले लाभ लिन सकिने प्रालिको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL