Logo

ब्याजदर वृद्धिको असर नेप्सेमा, एकै दिन २३ अंकले हामफाल्यो

ब्याजदर वृद्धिको असर नेप्सेमा, एकै दिन २३ अंकले हामफाल्यो



काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार करिब २३ अंकले ओरालो लागेको छ । मंगलबार बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति भङ्गको असर बुधबार नेप्सेमा देखिएको छ ।

क्रेडिट क्रञ्च, उच्च ब्याजदर तथा बजारमा सेयरको फ्लो बढी हुँदा दैनिक जसो ओरालो लागेको बजार बुधबार बैंकहरुले निक्षेपमा मोलबढावढ गर्न थालेपछि अझै घट्न पुगेको हो ।

बजारमा क्रेडिट क्रञ्चको समस्या र बैंकहरुले १२÷१३ प्रतिशत ब्याजमा निक्षेप उठाउन थालेपछि त्यसको प्रत्यक्ष असर नेप्सेमा पर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बुधबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक २२ दशमलव ८० अंकले घट्न पुगेको छ । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १८५ अंकले घट्दा जीवन बीमा समुहको परिसुुचकमा पनि ९६ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १५ दशमलव २२ अंकको गिरावट आएको छ । यसैगरी विकास बैंक समुह ३४ अंकले घटेको छ भने लघुवित्त ३० र होटल समुहको परिसुचकमा २१ दशमलव २४ अंकको गिरावट आएको छ ।

बुधबार कारोबार रकममा पनि वृद्धि हुन सकेन । दिनभर कुल ३७ करोड ७२ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ५६ कम्पनीको ११ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL