Logo

सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, २७ हजार ३ सयले पाए १० कित्ता

सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, २७ हजार ३ सयले पाए १० कित्ता



काठमाडौं । सामुदायिक लघुवित्तको आईपीओ (साधरण सेयर) सोमबार बाँडफाँड भएको छ । संस्थाको बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले सोमबार आईपीओ बाँडफाँट गरेको हो ।

उक्त आईपीओका लागि २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएकामा २७ हजार ३ सय जनाले मात्रै सेयर प्राप्त गरेका छन ।

२७ हजार ३ सय जनाले १० कित्ताका दरले सेयर हात पारेका छन भने २ लाख २८ हजार १६ जनाको भने हात खाली भएका छन ।
संस्थाले मंसिर २ गतेदेखि ५ गतेसम्म आईपीओका लागि आवेदन आहृवान गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL