Logo

१८ प्रतिशत बोनस सेयर पारितका लागि मुक्तिनाथले बोलायो साधारणसभा, २० प्रतिशत हकप्रद दिँदै

१८ प्रतिशत बोनस सेयर पारितका लागि मुक्तिनाथले बोलायो साधारणसभा, २० प्रतिशत हकप्रद दिँदै



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस सेयर पारितका लागि बार्षिक साधारणसभा बोलाएको छ । बैंक गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई उक्त बोनस सेयर दिनका लागि यही मंसिर २९ गते साधारणसभा बोलाएको हो ।

बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्ने छ । साथै बैंकले उक्त बोनस सेयर वितरण पश्चात २० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । हकप्रदको प्रस्तावलाई पनि बैंकले आगामी दिनमा हुने साधारणसभाबाट पारित गराउने भएको छ । थप २० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले साधारणभाका लागि मंसिर १८ देखि २५ गते सम्मलाई बुक क्लोजको मिति तोकेको छ ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL