Logo

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल, ५ बर्षे कार्यकाल

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल, ५ बर्षे कार्यकाल



काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाललाई नियुक्त गरेको छ । कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित शेषरमण आचार्य र कपिलमणि ज्ञवालीको नाम सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । उनले अनिवार्य अवकाश अन्तरगत गत चैतमा रिटायर्ड भएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL