Logo

भाई मसलाको मूल्य प्याकेटको ५००, सयपत्री मालाको मूल्य प्रति गोटा ७०

भाई मसलाको मूल्य प्याकेटको ५००, सयपत्री मालाको मूल्य प्रति गोटा ७०



काठमाडौं । नेपालीहरुको महान दोस्रो चाड तिहार भित्रिय सँगै बजारमा भाई मसलाको मूल्य पनि आकाशिएको छ । नजिकिँदै गरेको भाईटिकाको लागि बजारमा गत बर्ष भन्दा यो बर्ष झण्डै दोबरले मसलाको भाउ बढेको छ ।

स्थानीय बजारमा बिक्री गर्ने ब्यापारीका अनुसार गत बर्ष भन्दा यस बर्ष दोबरले भाईमसलाको भाउ बढेको बताउँछन । गत बर्ष भाई मसलाको दाम सानो प्याकेटको १ सय रुपैयाँ थियो भने ठूलो प्याकेटको दाम २ सय रुपैयाँ थियो ।

यो वर्ष भाईमसलाको दाम सानो प्याकेटको २ सय रुपैयाँ र ठूला प्याकेटको ५ सय रुपैयाँ पुगेको ब्यापारीहरु बताउँछन । त्यस्तै बजारमा ओखरको मूल्य पनि बढेको छ । गत बर्ष बजारमा १ रुपैयाँ गोटा पाउने ओखर यस बर्ष भने ३ रुपैयाँ गोटामा बिक्री गर्ने गरेको एक ब्यापारीले बताए ।

फेल्रीकल्चर एशोसिएसनका बरिष्ठ उपाध्यक्ष मिन बहादुर तामाङका अनुसार यस वर्ष सयपत्री फूलको भाउ भने नबढने भएको छ । यस बर्ष उत्पादन बढी भएकाले बजार भाउ गत बर्षकै हाराहारीमा बिक्री गर्ने छौं तामाङले भने । तर किसानले ल्याएको मालाको भाउ भने बढन सक्ने उनले बताए ।

एशोसिएसनले बिक्री गर्ने फूलको माला होलसेलमा १ मिटरको ५० रुपैयाँ प्रतिमाला बेच्ने र रेटलमा जाँदा ६० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पर्न सक्छ उनले भने ।

तर गाउँबाट किसानले ल्याएको मूल्य भने फरक हुन सक्छ । किसानले ल्याएको माला केही लामो हुने भएकाले सोही अनुसार मूल्य बढन सक्ने भएकाले ३ देखि ४ सय रुपैयाँ पर्न सक्ने उनको तर्क रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL