Logo

आइएमई ग्रुप र नउलिन स्पोर्टसबीच सम्झौता, प्रिभिलेज कार्डवाहकलाई १५ प्रतिशत छुट

आइएमई ग्रुप र नउलिन स्पोर्टसबीच सम्झौता, प्रिभिलेज कार्डवाहकलाई १५ प्रतिशत छुट



काठमाडौं । आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्ला बीच सम्झौता भएको छ । सम्झौता अनुसार भिल्लामा टेनिस खेल्दा ग्रुपका कर्मचारी तथा आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई १५ प्रतिशत विशेष छुट पाउने भएको छ ।

साथै सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड लगायतका कर्मचारीहरुले समेत उक्त सेवा प्राप्त गर्न सक्नेछन ।

यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।

आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र स्पोर्टस भिल्लाका प्रवन्ध निर्देशक किशोर थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

कर्मचारी र सेवाग्राहीहरूलाई खेलकुदका क्षेत्रमा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ सम्झौता गरिएको पौडेलले जानकारी दिएका छन ।

आइएमई ग्रुपले रेमिटान्स, बैंकिङ, इन्स्योरेन्स, सूचना–प्रविधि, पर्यटन, ट्राभल एण्ड टुर्स, हस्पिटालिटी, अटोमोबाइल, उर्जा लगायतका क्षेत्रमा लगानी विस्तार गरी रोजगारीको अवसर सिर्जना गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL