Logo

बर्खास्त गरिएका दिगम्बर झा पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त

बर्खास्त गरिएका दिगम्बर झा पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त



सरकारले यसअघि बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः सोही पदमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सञ्चार तथा सुचना प्रविध मन्त्रालयले विना प्रतिस्पर्धा नै झाको नाम प्रस्ताव गरेको खबर बाहिर आएपछि खुला प्रतिस्पर्धाको आह्वान गरेको थियो । उक्त प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका थिए । अन्तर्वार्ता र विना प्रस्तुति केवल आवेदनका आधारमा मात्रै मन्त्रालयले गठन गरेको छनोट समितिले दिगम्बर झा, सुशिल घिमिरे र पुरुषोत्तम खनालको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।

यसअघि गत सोमबार बसेको मन्त्रीपरिषद बैठकमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले झालाई बनाउनुपर्नेमा जोड दिएपनि मन्त्रीहरुले असन्तुष्टि जनाएपछि यसमा टुङ्गो लाग्न सकेको थिए । त्यस लगत्तै मन्त्री बास्कोटा इथियोपियामा आयोजना भइरहेको प्रविधि सम्बन्धि एक कार्यक्रमका लागि त्यता प्रस्थान गरेका थिए ।

पहिलोपटक विसं २०६९ मा अध्यक्ष नियुक्त भएका झा विरुद्ध अदालतमा मुद्धा दायर पछि प्राधिकरण अध्यक्ष विहिन हुन पुगेको थियो । मेकानिकल इन्जिनियरलाई दूरसञ्चार क्षेत्रको जिम्मेवारी दिन नहुने भन्दै मुद्धा दायर भएको थियो । उक्त मुद्धामा दुई वर्षपछि झाको पक्षमा अन्तरिम आदेश आएपछि उनले नै प्राधिकरणको जिम्मेवारी बहन गर्दै आएका थिए ।

गत वर्ष पाँच वर्षे कार्यकाल समाप्त भएपनि शेरबहादुर देउवा सरकारले उनैलाई निरन्तरता दिने निर्णय गरेको थियो । पछि केपी शर्मा ओली सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेजी गर्ने निर्णय गरेपछि झा पनि बर्खास्तीमा परेका थिए । ओली सरकारको उक्त निर्णय विरुद्ध झा सर्र्वोच्च अदालत गएपछि उनले पुनः अन्तरिम आदेश पाएका थिए । तर, पछि आश्चर्यजनक रुपमा उनले आफ्नो मुद्धा फिर्ता लिएको घोषणा गरे ।

सञ्चार मन्त्रालयले पुनः नियुक्त गर्ने आश्वासन दिएपछि उनले मुद्धा फिर्ता लिएको स्रोतले जनायो । मन्त्रीपरिषदको निर्णय बाहिर सार्वजनिक नगरिएपनि झालाई नै नियुक्त गरिएको एक मन्त्रीले बिजखबरलाई बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL