Logo

नेप्सेमा कारोबार रकम र परिसुचक दुबै उकालो, किन उकालो लाग्दैछ बजार ?

नेप्सेमा कारोबार रकम र परिसुचक दुबै उकालो, किन उकालो लाग्दैछ बजार ?



काठमाडौं । अघिल्लो हप्तादेखि सामान्य रुपमा बढ्न सुरु गरेको नेप्से परिसुचक आज पनि करिब दोहोरो अंकले बढ्न पुगेको छ । आईतबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ५९ अंकले उकालो लागेको छ ।

आईतबार बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै उकालो लागेका छन् । यस अघि दैनिक २० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा आईतबार सो रकम बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ ।

करिब दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुको परिसुचक ३२ अंकले उकालो लागेको थियो भने दोस्रोमा निर्जीवन बीमा समुहको परिसुचक २९ अंकले बढ्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ११ दशमलव १४ अंकको बृद्धि भएको छ । आईतबार विकास बैंक समुहको परिसुचक साढे १३ अंकले बढ्दा माईक्रोफाइनान्स समुहको परिसुचक १० अंकले उकालो लागेको छ ।

दिनभर कुल १ सय ६४ कम्पनीको ९ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी एनआईसी एसियाको ३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ४ कम्पनीले १ करोड रुपैयाँको सिमा पारे गरेका छन् ।

पछिल्लो समय मार्केट मेकरको रुपमा काम गर्ने मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डले सेयर बजारमा लगानी बढाउन निर्देशन दिएसँगै पछिल्ला समय त्यस्ता कम्पनीहरु बजारमा प्रवेश गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । कतिपय मर्चेन्ट बैंकले घट्दो बजारमा मार्केट मेकरको काम गर्नुको सट्टा बैंकमा पैसा डिपोजिट गरेर ब्याज आम्दानी गर्ने काम गरेको भन्दै बोर्डले कतिपय मर्चेन्ट बैंकलाई कारबाही समेत गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL