Logo

‘हुन्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन’ का विजेतालाई पुरस्कार वितरण, २ जनाले पाए टिभी

‘हुन्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन’ का विजेतालाई पुरस्कार वितरण, २ जनाले पाए टिभी



काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालको लागि हुन्डाई कारको आधिकारिक डिलरद्वारा फिफा वल्र्ड कपलाई लक्षित गरी ‘रोड टु रसिया’ योजनाको विजेतालाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै रोड टु रसियाका विजेतालाई विभिन्न आकर्षक उपहार प्रदान गरेको हो ।

कम्पनीले ल्याएको उक्त हुन्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनमा २ जनाले स्यामसङ स्मार्ट टिभि जीतेका छन भने तेस्रो हुने १ जनाले कुलप्याड प्ले सिक्स स्मार्टफोन जीत्न सफल भएका हुन ।

कम्पनीले उक्त योजनामा पहिलो हुन सफल जगन्नाथ राउतले ४३ इन्चको स्यामसंग टिभि हस्तान्तरण गरेको छ । साथै दोस्रो विजेता बन्न सफल किस्मत पाण्डेले भने ३२ इन्चको स्यामसंग स्मार्ट टिभि जीतेका हुन ।

साथै अन्य ६ जनाले भने कुलप्याड कुलवान स्मार्टफोन जीतेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL