Logo

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम अझै खुम्चियो

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम अझै खुम्चियो



काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १२ दशमलव ८४ अंकले बढेर बन्द भएको छ ।

बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक उकालो लागेको छ । निर्जीवन बीमा समुहको परिसुचक १ सय ३३ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ५५ अंकले घटेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ अंकले घट्न पुगेको छ । सोमबार विकास बैंक समुहको परिसुचक १६ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचक ३५ ले घट्न पुगेको छ ।

सोमबार नेप्से परिसुचक बढेपनि कारोबार रकम भने अझै ओरालो लागेको छ । सोमबार बजार बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा घट्न पुगेको छ । दिभनर कुल १८ करोड ६५ लाख रुपैयाँ सेयर कारोबार भएको छ । जसमा १ सय ५७ कम्पनीको ६ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL