Logo

नयाँ नेपाल लघुवित्तको सेयरधनीलाई अफर, २५० प्रतिशत हकप्रद सेयर जारी

नयाँ नेपाल लघुवित्तको सेयरधनीलाई अफर, २५० प्रतिशत हकप्रद सेयर जारी



काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई २५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही साउन २० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद खरिदका लागि आइतबारसम्म कायम सेयरधनीको आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने छ । सो सेयर खरिदका लागि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालय, देवः विकास बैंक धुलिखेल, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र आश्वा सदस्यले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL