Logo

नेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार

नेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ७३ अंकले घट्न पुगेको छ ।

आईतबार बजारमा फाइनान्स बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बीमा समुहको परिसुचक बढि ओरालो लागेको छ । आईतबार जीवन बीमा समुहको परिसुचक ७० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १ सय १० अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ६६ अंकले ओरालो लागेको छ । यस्तै, विकास बैंक समुहको परिसुचक १३ दशमलव ४२ अंकले घट्दा माईक्रोफाइनान्स समुहको परिसुचक ३३, होटल ३४ र जलविद्युत समुहको परिसुचक १३ अंकले घटेको छ ।

पछिल्लो समय नेप्से परिसुचकका साथै बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल २१ करोड १२ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भए । जसमा १ सय ६३ कम्पनीको ६ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भए । बजारमा एनसीसी बैंक बाहेक अन्य कम्पनीको १ करोड रुपैयाँ भन्दा माथीको सेयर कारोबार हुन सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL