Logo

२ घण्टापछि खुल्यो नेप्सेको वेबसाईट, किन सधै आईरहन्छ समस्या ?

२ घण्टापछि खुल्यो नेप्सेको वेबसाईट, किन सधै आईरहन्छ समस्या ?



काठमाडौं । बिहान देखि नै समस्या आएको नेपाल स्टक एक्स्चेञ्जको वेबसाईट संचालनमा आएको छ । नेप्सेमा कारोबार खुला भएको २ घण्टा पछि मात्र नेप्सेको वेबसाईट संचालनमा आएको हो ।

नेप्सेमा दैनिकजसो आज पनि बिहान ११ बजेदेखि नै कारोबार सुरु भएपनि वेबसाईटमा भने १ बजेपछि मात्र कारोबार देखाएको थियो । कहिले नेप्सेको मुख्य सर्भरमा समस्या आउँदा नचल्ने वेबसाईट साईट आज खुलेपनि कारोबार भने देखाएको थिएन ।

अनलाईन ट्रेडिङ सुरु भएको भोलिपल्टै वेबसाईटमा कारोबार नदेखाउँदा लगानीकर्ताहरु अन्यौलमा परेका थिए । जसले गर्दा उनीहरुले सेयर खरिदबिक्री गर्न समेत पाएनन् ।

नेप्सेले भने वेबसाईटमा ठूलो समस्या नआएको जानकारी दिएको छ । नेप्सेको वेबसाईट चलेको थियो तर, कारोबार भएको डेटा भने देखाउन नसकिएको नेप्सेका प्रवक्ता मुरारी पराजुली बताउँछन् । ‘लामो समयसम्म वेबसाईटमा कारोबारको डेटा नफाल्दा समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले उक्त समस्या समाधान गरियो ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL