Logo

स्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट

स्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । स्मार्ट डोकोले ‘डोको झम झम अफर’ शुरु गरेको छ । कम्पनीले बर्षायामको आगमन संगै सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५० प्रतिशत छुटका साथ उक्त अभियान शुरु गरेको हो । कम्पनीले गएको जुन १६ देखि सो अभियान शुरु गरेको जानकारी दिएको छ । कम्पनीको उक्त अभियान जुन २६ सम्म चल्नेछ ।

उक्त अफर अन्तरगत बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा छुट रहेको छ । मनसुनको अफर संगै कम्पनीले लिवाइज, एडिडास, टोनी मोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठुला ब्रान्डका सामानहरुमा छुट दिने भएको हो । कम्पनीले १८ विभिन्न उत्पादन र उप उत्पादनहरु जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पेय पदार्थ आदि उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले काठमाडौंको रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । गर्ने तथा भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिने व्यबस्था कम्पनीले मिलाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL