Logo

मोबाइल रक्षाको जिम्मा ‘मेरो सुरक्षा’लाई, हराएमा वा फुटेमा पाइन्छ नयाँ मोबाइल

मोबाइल रक्षाको जिम्मा ‘मेरो सुरक्षा’लाई, हराएमा वा फुटेमा पाइन्छ नयाँ मोबाइल



काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ भने अब ढक्क हुनुहोस । ‘मेरो सुरक्षा’ले तपाईको मोबाइलको रक्षा गर्ने भएको छ । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि (मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा) नामक योजना सुरु गरेको छ ।

नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने भएको हो । मेरो सुरक्षा अन्तरर्गत कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराउने भएको छ ।

ग्राहकको मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवाारले बताएका छन ।

ग्राहकको मोबाईल हराएमा, चोरी भएमा वा ड्यामेज भएमा प्रयोगकर्तालाई नोक्सानीबाट बचाउन मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको सुनुवारले बताए ।

उक्त सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ । यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL