Logo

पहाडको स्वरुप दिँदै ओरालो लाग्यो नेप्से, कारोबार रकमले छाड्दै साथ

पहाडको स्वरुप दिँदै ओरालो लाग्यो नेप्से, कारोबार रकमले छाड्दै साथ



काठमाडौं । मंगलबार दिनभर उत्तारचढाव भएको नप्से परिसुचक अन्तमा घट्न पुगेको छ । बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से त्यसपछि पुनः ओरालो लागेको थियो । करिब साढे ११ बजेबाट बढ्न सुरु गरेको नेप्सेको ग्राफले पहाडको स्वरुप दिँदै अन्तमा घट्न पुग्यो ।

बजारमा बीमा र फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । मंगलबार बजारमा सबैभन्दा बढि उत्पादनमुलक समुहका परिसुचकमा ७० अंकको गिरावट आएको छ भने अन्य समुहको परिसुचकमा सामान्य मात्र उतारचढाव भएको छ ।

मंगलबार कारोबार रकममा पनि उच्च गिरावट आएको छ । सोमबार ४१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार २८ करोड रुपैयाँमा खुम्चिएको छ । जसमा १ सय ६० कम्पनीको ८ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा कृषि विकास बैंक र नेपाल टेलिकमको मात्र १ करोड रुपैयाँभन्दा माथी सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL