Logo

एलजीको डुएल फ्रिज रेफ्रिजेरेटर नेपाली बजारमा, स्वीचबाटै क्षमता वृद्धि

एलजीको डुएल फ्रिज रेफ्रिजेरेटर नेपाली बजारमा, स्वीचबाटै क्षमता वृद्धि



काठमाडौं । एलजीले नेपाली बजारमा नयाँ फ्रिज भित्र्याएको छ । कम्पनीले डुएल फ्रिज टेक्नोलोजि युक्त रेफ्रिजेरेटर नेपालमा भित्र्याएको हो ।

उक्त फ्रिजमा डुएल फ्रिज टेक्नोलोजिले फ्रिजर लाई ६८ मिनेटमा फ्रिजमा बदल्ने कम्पनीले जानकारी दिएको छ । साथै उक्त फ्रिजको क्षमता पनि वृृृद्धि गर्न सकिन्छ ।

कम्पनीका अनसार फ्रिजमा भएको एउटा बटमलाई थिचेर फ्रिजको क्षमतालाई १ दशमलव ४ गुणा सम्म बढाएर ३ सय ३१ लिटर बाट ४ सय ५८ लिटर सम्म बनाउन सकिन्छ । जसले ग्राहकहरुलाई आवश्यकता अनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत हुने कम्पनीको दावि छ ।
यसका साथै उक्त रेफ्रिजेरेटरमा इन्भटर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिन सम्म ताजा राख्दछ । साथै यसमा डोर कुलिङ विशेषता पनि रहेको छ, जसले ३५ प्रतिशत सम्म खानेकुरालाई चाडो चिसो पार्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL