Logo

दिनभर उतारचढाव भएको बजार अन्तमा भयो हरियो, कारोबार रकमले छाड्यो साथ

दिनभर उतारचढाव भएको बजार अन्तमा भयो हरियो, कारोबार रकमले छाड्यो साथ



काठमाडौं । बुधबार बजार खुलेदेखि नै उतारचढाव आएको नेप्से परिसुचक अन्तमा हरियो भएर बन्द भएको छ । बजार बन्द हुन केही मिनेट अघिसम्म रातो रहेको नेप्से परिसुचक बन्द हुँदा करिब ३ अंकले बढ्दै हरियो भएको छ ।

केही समयअघिसम्म सरकारले लगाएको पूँजीगत लाभकरले उतारचढाव भएको बजारमा पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरले समस्या पारेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘दुई दिन अघि बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर कार्टेलिङ्मा गरेको भद्र सहमति तोडेसँगै कर्जाको ब्याज बढेको सुचना पठाउन थालिसकेका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यसको असर सेयर बजारमा देखिन थालिसकेको छ ।’
बुधबार अन्तिम समयमा नेप्से परिसुचक सामान्य बढेपनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ । परिसुचक बढ्दा पनि कारोबार रकम यसरी उल्लेख्य गिरावट आउनु बजारको लागि हानिकारक भएको समेत ती लगानीकर्ताको विश्लेषण थियो । ‘बरु कारोबार रकम उच्च बढेर नेप्से परिसुचका समान्य घट्दा भोलीका दिनमा बढ्ने आश हुन्छ,’ उनले भने, ‘परिसुचक बढ्दा पनि कारोबार रकममा उल्लेख्य गिरावट आयो भने बजार घट्ने सम्भावना बढि हुन्छ ।

सोही अनुरुप बुधबार कारोबार रकममा उल्लेख्य गिरावट आउँदै २० करोड रुपैयाँमा सिमिति हुन पुगेको छ । जसमा १ सय ६१ कम्पनीको ६ लाख २० हजार कित्ता सेयर मात्र खरिदबिक्री भए । दिनभर ३ कम्पनीको १ करोड रुपैयाँ माथीको सेयर कारोबार हुँदा अन्य कम्पनीले भने सोभन्दा तल नै रहे ।

दिनभर उचारचढाव रहेको बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । तर कुनै पनि समुहको परिसुचक २० अंकभन्दा माथी जाने सकेनन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक १८ अंकले बढेको थियो भने बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ दशमलव ४३ प्रतिशतले मात्र उकालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL