Logo

भायनेटको विश्वकप आफर, सेटअप बक्स जोड्नुस विश्वकप सित्तैमा हेर्नुस

भायनेटको विश्वकप आफर, सेटअप बक्स जोड्नुस विश्वकप सित्तैमा हेर्नुस



काठमाडौं । विश्वकप फुटवललाई लक्षित गर्दै भायनेट कम्युनिकेसन्स्ले नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्नेछन् ।

भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १ हजार रुपैयाँ रेन्टल चार्ज र ५ सय रुपैयाँ डिपोजिट तिरेर ६ महिना नेट टिभी हेर्न सक्नेछन् । साथै २ हजार ५ सय रुपैयाँ र ५ सय रुपैयाँ डिपोजिट तिरेर १२ महिनासम्म नेट टिभी सित्तैमा हेर्न सक्नेछन् ।

भायनेटको नेट टिभीमार्फत ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु हेर्न सकिनेछ । यसनेट टिभीको सोनी टेन टू र सानी टेन थ्री मार्फत विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नेट टिभीसँगै ग्राहकहरुले वार्षिक १० हजार रुपैयाँ मा १८ एमबिपिएस्, १२ हजार रुपैयाँमा ३० एमबिपिएस् र १६ हजार रुपैयाँमा ६० एमबिपिएस्को इन्टरनेट समेत प्राप्त गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL