Logo

फुकोट कर्णाली परियोजनामा १ अर्ब २६ करोड लगानी, ६ आयोजनाको ५४१ मेवामा जलविद्युत विकास कम्पनी लगानी

फुकोट कर्णाली परियोजनामा १ अर्ब २६ करोड लगानी, ६ आयोजनाको ५४१ मेवामा जलविद्युत विकास कम्पनी लगानी


रासस
0
Shares

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब १ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत परियोजनामा पनि सेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै परियोजनाका लागि इजाजत लिने समयमा काम नगर्ने व्यवसायीलाई कारबाही गरिने बताए ।

कम्पनीका नायब महाप्रबन्धक अरुण रजौरियाले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा जम्मा ६ अर्ब ७८ करोड ऋणका रुपमा लगानी गरेको जानकारी गराउँदै यस क्षेत्रमा परियोजना कार्यान्वयनका विभिन्न जोखिमबारे बताए ।

कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL