Logo

सेयर बजारमा विस्तार कि संकुचन, नीति तथा कार्यक्रमको भोलिपल्टै लाग्यो ओरालो

सेयर बजारमा विस्तार कि संकुचन, नीति तथा कार्यक्रमको भोलिपल्टै लाग्यो ओरालो



सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममार्फत सेयर बजारलाई विस्तार गर्ने भनेर घोषणा गरेकै भोलिपल्ट बजार नकारात्मक दिशातर्फ लागेको छ । बजार खुलेदेखि नै आरोला लागेको बजार अन्तमा ४ दशमलव ३१ अंकले घट्न पुगेको छ । नीति तथा कार्यक्रमले सेयर बजारको बारेमा एक शब्द मात्र छोएको भन्दै त्यसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएका थिएनन् ।

बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेको छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक २४ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ४ दशमलव १४ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा अतिरिक्त समुह, विकास बैंक र फाइनान्स समुहका परिसुचक पनि सोही अनुपातमा घटेका छन् ।

मंगलबार नेप्से परिसुचक ओरालो लागेपनि कारोबार रकम ५३ करोड रुपैयाँ भन्दा माथी पुगेको छ । जसमा १ सय ६० कम्पनीको १० लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL