Logo

‘हुन्डाइ फेस्टिभ डिलाइट’ अफरको पुरस्कार हस्तान्तरण, अधिकारी र कन्काइ आयल सप्लायर्सलाई गाडी

‘हुन्डाइ फेस्टिभ डिलाइट’ अफरको पुरस्कार हस्तान्तरण, अधिकारी र कन्काइ आयल सप्लायर्सलाई गाडी



काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले  ‘हुन्डाइ फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

बिहीबार थापाथलीस्थित हुन्डाइको शोरुममा एक कार्यक्रमको आयोजना गर्दै दशैं तिहारको उपलक्ष्यमा ल्याएको सो अफरका विजेतालाइ पुरस्कारहरु प्रदान गरेको हो ।

सो अफरअन्तरगत हुन्डाइको हरेक नयाँ गाडीको खरीदमा कम्पनीले विभिन्न आकर्षक उपहारहरुको घोषणा गरेको थियो ।
जसमा हुन्डाइको इलाईट आइ २० शुसन प्रसाद अधिकारीलाई हस्तान्तरण गरेको हो । साथै अर्काे विजेता कन्काइ आयल सप्लायर्सले हुन्डाइको एक्सेनट प्राप्त गरेको हो ।

साथै सो अफर अन्तरगतको दुबई भ्रमणको पुरस्कार प्राप्त गर्ने १० जनालाई पनि कम्पनीले सोही दिन पुरस्कार वितरण गरेको हो । सो अफरअन्तरगतका विजेताहरुको घोषणा गत चैत्र १६ गते गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL