Logo

सकियो के एल मोबाइल मेला, बाइ वान गेट वान फ्री र एक्सचेञ्ज अफर कायमै

सकियो के एल मोबाइल मेला, बाइ वान गेट वान फ्री र एक्सचेञ्ज अफर कायमै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरेको मोबाइल मेला बुधबारदेखि सकिएको छ ।

मोबाइल मेला सकिए पनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने केएल मोबाइल हवका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मोबाइल मेलाले अपेक्षा अनुसार सफलता पाएको मोबाइल हबले बताएको छ ।

मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए ।

ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् ।

फागुन १६ गतेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

अधिकांस ब्राण्डले मोबाइल हबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL