Logo

पोखरा र चितवनमा सार्वजनिक गरिदै टिभिएस जुपिटर क्लासिक, ब्राण्ड एम्बेस्डरमा आयुष्मान र प्रियंका

पोखरा र चितवनमा सार्वजनिक गरिदै टिभिएस जुपिटर क्लासिक, ब्राण्ड एम्बेस्डरमा आयुष्मान र प्रियंका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक सार्वजनिक गर्ने भएको छ । कम्पनीले पोखरा र चितवनमा उक्त स्कुटर सार्र्र्वजनिक गर्ने भएको हो ।

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा कम्पनीको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्कीे नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापा उपस्थित रहने कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा सुरज थापाले ग्राहकहरुलाई मनोरन्जन तथा रिफ्रेसमेन्ट दिन सांगितिक कार्यक्रम प्रस्तुत गर्ने कम्पनीले जानकारी दिएको छ ।

क्षेत्रीय शुभारम्भ आउँदो फागुन ९ गते पोखराको चिप्लेढुंगामा र फागुन १० गते चितवनको टिभिएस शोरुम भरतपुर ओरालोमा हुने छ ।

कम्पनीका अनुसार उक्त संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिटलगायतका सुबिधा छन् ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको दाबि छ ।

टिभिएस जुपिटर क्लासिकमा पुरै आल्मुनियम बडि, १ सय १० सिसि इन्जिनबाट धेरै शक्ति उत्पन्न गर्नुका साथै सुपेरियर एक्सिलेरेशन र फियुल इफिसेन्सी रहेको छ ।

यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले प्रयोगकर्ताको अर्थ व्यवस्थामा सहयोग पुग्ने कम्पनीको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL