Logo

नेपाल भित्रियो सामसुङको एएड प्लस स्मार्टफोन, बजार मूल्य ६० हजार

नेपाल भित्रियो सामसुङको एएड प्लस स्मार्टफोन, बजार मूल्य ६० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङले ए एड प्लस स्मार्टफोन बजारमा भित्र्याएको छ । आकर्षक डिजाइनको ग्यालेक्सी एएट प्लसमा ६ जिबी ¥याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ ।

यो  सामसुङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ ।

यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन छ । स्मार्टफोनमा भएको इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा युक्त ग्योलेक्सी एएड प्लस फोनमा यस अघि अन्य फोनमा नभएका विशेष खास सुविधाहरु विद्यमान् भएको आइएम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए ।

फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने बताएको छ ।

यसमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुअल क्यामराले गर्दा आफू चाहेको जस्तो सेल्फी खिच्न सकिन्छ । यो सुविधाले गर्दा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ ।

यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । १६ मेगा पिक्सल एफ १ दशमलव ७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ ।

ग्यालेक्सी एएडलाई फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी ६८ बाट प्रमाणित छ, धुलो तथा पानी प्रतिरोधी बनेको छ । सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ ।

कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध यसको प्रबर्धनात्मक मूल्य रु. ५९ हजार ९ सय ९० तोकिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL