Logo

मंगलबारदेखि एनआईसी एशिया म्यूचुअल फण्ड बिक्री, बार्षिक १६ प्रतिशत लाभांश

मंगलबारदेखि एनआईसी एशिया म्यूचुअल फण्ड बिक्री, बार्षिक १६ प्रतिशत लाभांश


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले माघ २ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड (म्युचुअल फण्ड)को बिक्री गर्ने भएको छ ।

उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा गरिएको एनआसी एशिया क्यापिटलका प्रमुखकार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५ दशमलव ५७ तथा सातौ बर्षमा १६ दशमलव १३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

मंगलबार देखि बिक्री खुल्ला हने सो फण्डको आकार १ अर्ब रुपैयाको रहेको छ । जसमध्ये १५ प्रतिशतअर्थात १ करोड ५० लाखइकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाखइकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्मा निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।

म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १ सय इकाई देखि अधिकतम् २० लाखइकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL