Logo

रेनाकोे एक्सपेरियन्स मेला, १लाखसम्मको एक्स्चेन्ज बोनस

रेनाकोे एक्सपेरियन्स मेला, १लाखसम्मको एक्स्चेन्ज बोनस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एडभान्स अटोमोबाईल प्रालि(विशाल समूहको सहायक कम्पनी) ले रेनो एक्सपेरियन्स मेला शुरु गरेको छ । पुस १६ गतेदेखि शुरु भएको मेला २२ गतेसम्म चल्ने छ ।

‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ ट्यागलाईनका साथ आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई १ लाख सम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL