Logo

११ अंकले ओरालो लाग्यो नेप्से, ५९ करोड ७८ लाखको कारोबार

११ अंकले ओरालो लाग्यो नेप्से, ५९ करोड ७८ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से बुधबार ११ दशमलब २३ अंकले घटेको छ । सो दिन सेयर बजार १५ सय ४ दशमलब ७९ अंकमा झरेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमाा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १०३ दशमलब ८३ अंकले घटेको छ ।

त्यस्तै जलविद्युत ४६ दशमलब ०८, माइक्रोफाइनान्स १८ दशमलब १४, विकास बैंक १५ दशमलब ३४ र फाइनान्स १० दशमलब ३८ अंकले घटेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ दशमब ९३ र ट्रेडिङ समुह ३ दशमलब ३ अंकले घटेको छ ।

यता उत्पादन,होटल र अन्य समुहको परिसुचक भने क्रमशः २६,१५ दशमलब १३ र ४ दशमलब ९१ अंकले उकालो लागेको छ ।

बुधबार १ सय ६० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ५९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL