Logo

एनबी इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सेयर, असोज १० मा बोलायो साधारणसभा

एनबी इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सेयर, असोज १० मा बोलायो साधारणसभा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । एनबी इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पूँजी बृद्धिको दौडमा रहेको एनबी इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रद सेयर जारीको प्रस्ताव आगामी असोज १० गते बस्ने साधारणसभामा पेश गर्ने भएको छ । हाल एनबी इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रदसँगै कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

समस्यामा परेको एनबी इन्स्योरेन्सलाई २ बर्ष अघि आईएमई समुहले खरिद गरेसँगै पूँजी बृद्धि तथा सोही अनुरुपको प्रतिफल समेत दिँदै आएको छ । कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफामा झण्डै ४० प्रतिशतले बृद्धि गरेको छ । यसैगरी बैंकले आफ्नो अधिकृत पूँजी २ अर्ब पुर्याउने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL