Logo

२७ सिटको हिगर मिनी बस सार्बजनिक, रेफ्रिजेरेटर, साइडलगेजलगायत सुबिधा

२७ सिटको हिगर मिनी बस सार्बजनिक, रेफ्रिजेरेटर, साइडलगेजलगायत सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आक्र्स गु्रप प्रालिले चीनको हिगर बस कम्पनी लिमिटेडद्धारा निर्मित २७ सिट क्षमताको हिगर मीनी बस बजारमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो बसको शुभारम्भ गरे ।

कार्यक्रममा आक्र्स गु्रप प्रालिका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले आयात गरिएको हाइगर मिनि बस तथा उत्पादक कम्पनीबारे जानकारी दिएका थिए । मीनीबसमा एसी हिटर, वाइफाइ, रेफ्रिजेरेटर,टिभी साइडलगेजलगायत सुबिधा छन् ।

विशेष गरी हिगर बसहरु सुबिधायुक्त भएकोले लामो दुरी, अफिस,स्कुल तथा पर्यटन उद्योगमा रुचाइएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा नाटाका अध्यक्ष मधु आचार्यले पर्यटकहरुका लागि सुबिधायुक्त अत्याधुनिक बसहरु आवश्यक रहेको अवस्थामा हाइगर भित्रिएकोमा खुशि व्यक्त गरे ।

सन् १९९८ मा चीनमा स्थपना भएको हिगर बस कम्पनी लिमिटेडले बार्षिक ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL