Logo

जर्मन प्रविधिको एरो ब्रिक्स नेपालमा, पुरानो प्रविधिलाई विस्थापित गर्ने

जर्मन प्रविधिको एरो ब्रिक्स नेपालमा, पुरानो प्रविधिलाई विस्थापित गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जर्मन प्रविधिको एरो ब्रिक्स (इँटा) नेपाली बजारमा भित्रिएको छ । एरो ब्रिक्स कम्पनी प्रालिले सो ब्रिक्स सार्बजनिक गरेको हो ।
उक्त एसीसी ब्लक्स अन्य इँटाको तुलनामा सस्तो, हलुका र बलियो भएको कम्पनीले बताएको छ । जुन  सिमेन्ट, बालुवा, चुन र एल्मोनियमको समिश्रणबाट बनेको छ ।

कम्पनीका कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले एएसी ब्लक्सले घर निर्माणमा पुरानो प्रविधिलाई विस्थापित गर्ने बताए ।

४, ६ र ८ इन्चमा उत्पादन हुने उक्त इँटा हलुका हुनुका साथै निर्माण लागत पनि कम लाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आठ इन्चको एउटा एसीसी ब्लक बराबर १८ वटा रातो इँटा हुन्छ । उक्त ब्लकको मूल्य दुई सय ६५ रुपैया पर्छ ।

बजारमा हाल प्रति गोटा रातो इ्रँटाको मूल्य १६ देखि १८ रुपैयाँसम्म पर्नेमा सोही साइज बराबरको एउटा इँटाको मूल्य १५ रुपैयाँ पनि नपर्ने अधिकारीले बताए । वातावरण मैत्री उक्त इँटा आवास, विद्यालय, अपार्टमेन्ट, कल–कारखाना निर्माण गर्दा प्रयोग गर्न सकिने बताइएको छ ।

कम्पनीले हाल दैनिक तीन देखि चार लाख गोटा ईँटा उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL