Logo

एनसेल डेटा बण्डलिङ सहित हुवावे ‘पी १० प्लस’ सार्बजनिक, बजार मूल्य ७९ हजार

एनसेल डेटा बण्डलिङ सहित हुवावे ‘पी १० प्लस’ सार्बजनिक, बजार मूल्य ७९ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले हुवावे पी टेन प्लस स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । एनसेलको डेटा सेवा बण्डलिङ्ग सहित हुवावेले आफ्नो नयाँ स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

क्यामेरा उत्पादक कम्पनी लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन भएको र जसले व्यावसायिक स्टुडियोको जस्तो फोटोलाई अझै राम्रो बनाउने कम्पनीको दाबी छ । एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् ।

हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बीमा, काठमाडौंमा डोर टु डोर र भीआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ ।

बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उतm मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् ।

मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध गराइने एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले जानकारी दिए । ‘फोरजी नेटवर्कको विस्तार गर्दै थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँछौं,’ उनले भने ।

पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ । सुनौलो, कालो र चाँदीको रङमा उपलब्ध सो मोबाइलको बजार मूल्य ७९ हजार रुपैयाँ रहेको छ ।

पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि(लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स(साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL