Logo

चुनावी माहोलको उल्टो गतिमा हिड्दै नेप्से, मनोनयन दर्ताकै दिन दोहोरो अंकको गिरावट !

चुनावी माहोलको उल्टो गतिमा हिड्दै नेप्से, मनोनयन दर्ताकै दिन दोहोरो अंकको गिरावट !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानीकर्ताले देशमा निर्वाचन भएसँगै नेप्से परिसुचक उकालो लाग्ने अनुमान गरिरहेको बेला ठिक त्यसको विपरित ओरालो लागेको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनसँगै ओरालो लागेको नेप्से परिसुचक दोस्रो चरणको निर्वाचनको मनोनय दर्ताको दिन दोहोरो अंकले घटेको हो ।

आइतबार बजार खुलेको केही समय स्थिर रहेर ओरालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ६२ अंकले घट्योे । आइतबार सबै समुहका परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक १ हजार ५ सय ७६ अंकमा झरेर अडिएको छ ।

आइतबार सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ३१ अंकले ओरालो लागेको छ । तर, बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक साढे १७ अंकले घट्दा समग्र नेप्से परिसुचक उच्च रुपमा घटेको हो । यसैगरी विकास बैंक समुह ११ अंकले ओरालो लागेको छ भने बीमा समुह १४ दशमलव ७४ अंकले घट्न पुगेको छ । होटल समुहको परिसुचकमा १८ अंकले गिरावट आएको छ ।

तीन वटा प्रदेशको निर्वाचन सम्पन्न भएकार थप तीन वटा प्रदेश निर्वाचनमा होमिएपनि मुख्य किचलो रहेको २ नम्बर प्रदेशको निर्वाचन अनिर्णयको बन्दीमा पर्दा लगानीकर्ताको मनोवल खस्किएको एक ठूला लगानीकर्ताले बताए । ‘सेयर बजार भनेको लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने विषय हो,’ उनले भने, ‘जबसम्म लगानीकर्ता आफु सुरक्षित भएको महशुस गर्दैनन् तबसम्म बजारले गति लिँदैन ।’

बजारमा कारोबार रकम पनि बढ्न सकेको छैन । दिनभर कुल ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ४३ कम्पनीको ८ लाख ४३ हजार कित्ता सेयर कारोबार भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL