Logo

शिखर क्रेजी सेल मेलाको समय थपियो, ‘छुट पछि छुट’ अफर योजना

शिखर क्रेजी सेल मेलाको समय थपियो, ‘छुट पछि छुट’ अफर योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिखर शु क्रेजी मेलाको समय थप गरिएको छ । शिखरको भृकुटी मण्डपमा भइरहेको सो मेलाका उपभोक्ताको भीड बढेसँगै मेलाको समयावधि पनि बढाउनु परेको आयोजकले जानकारी दिएको छ । मेला असार ११ गतेसम्म चल्ने छ ।

क्रेजी सेल मेलामा कम्पनीले गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ । मेलामा जुत्ता चप्पल खरिद गर्दा ८५ प्रतिशतसम्म छुट दिइएको छ । विशेषगरी ३९ र ४० नम्बरका जुत्ता चप्पलमा ‘छुट पछि पनि छुट’को व्यवस्था गरिएको छ ।

मेलामा १ सय रुपैयाँ देखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल राखिएको छ । उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकास गर्ने एक अनुपम थलो हुने कम्पनीको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।

शिखर शुद्वारा उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित बिक्रीवितरण गर्दै आएको छ । नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्देश्य रहेको प्रसाई बताउँछन् ।

मेलामा शिखर ब्राण्डका अफिसियल, क्याजुअल, स्पोर्टस, बुट, स्कुल÷कलेजका युनिफर्म जुत्ता, जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL