Logo

ब्रोकर चुक्ता पूँजी १० गुणाले बढ्यो, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न पाउने

ब्रोकर चुक्ता पूँजी १० गुणाले बढ्यो, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा पहिलो संसोधन गरेको छ । ब्रोकर व्यवसायीलाई जिल्ला स्तरमा शाखा विस्तार गर्न सहज र उनीहरुको जनशक्ति व्यवस्थापनमा सहयोग पुर्यायाउने उद्देश्य अनुरुप संसोधन गरिएको बोर्डले जानकारी दिएको छ ।

संसोधनसँगै ब्रोकर कम्पनीको चुक्ता पूँजी उच्च रुपमा बढेको छ । हाल ब्रोकर कम्पनीले २० लाख रुपैयाँको चुक्ता पूँजीमा कम्पनी खोल्दै आएकोमा त्यसलाई १० गुणाले बढाएर २ करोड रुपैयाँ पुर्याएको छ ।

यसैगरी बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने व्यवस्था गरेको छ भने मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने व्यवस्था लागु गरेको छ । यसैगरी परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने छ । यस अघि नेपाल स्टक एक्स्चेञ्जले जथाभावी रुपमा ब्रोकरलाई शाखा कार्यालय खोल्न दिएको भन्दै बोर्डले आपत्ति जानउँदै आएको थियो ।

यसरी संशोधित व्यवस्थानुसार वोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लगिने र जसवाट धितोपत्र व्यवसायको व्यवसायिक जोखिम न्युनिकरण हुदै जानेछ बोर्डको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL