Logo

वाइकोले प्रस्तुत गर्यो अनलाइन ट्रेडिङको खाका, सफ्टवेयरको वारेमा नेप्सेलाई जानकारी

वाइकोले प्रस्तुत गर्यो अनलाइन ट्रेडिङको खाका, सफ्टवेयरको वारेमा नेप्सेलाई जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वचालित अनलाइन कारोबार प्रणालीको जिम्मा पाएको वाइकोले सो वारेमा नेप्सेलाई एक खाका प्रस्तुत गरेको छ । एक कार्यक्रमबीच वाइककोको प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणी सहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीका वारेमा नेप्सेका पदाधिकारी, उच्च व्यववस्थापन तथा कर्मचारीलाई जानकारी गराएको थियो ।

प्रस्तुतीका क्रममा टोलीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापनलागयत प्रस्तावित प्रणालीमा रहेका विशेषताहरुको वारेमा नेप्सेलाई जानकारी गराएको थियो । स्वचालित अनलाईन कारोबार प्रणाली निर्माण, स्थापना तथा सञ्चालनका विभिन्न चरणहरुमा गरिने काम, हार्डवयर तथा सफ्टवेयरका बारेमा समेत टोलीले प्रस्तुती दिएको थियो ।

नेप्सेले आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकमै अनलाईन प्रणाली संचालनमा ल्याउने बताए पनि सोको जिम्मा पाएको वाइकोले भर्खरै यसको वारेमा प्रारम्भिक तयारी गरेको छ ।

कार्यक्रममा नेप्सेका अध्यक्ष रामजी रेग्मीले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना गर्ने झण्डै दुई वर्षभन्दा अघि देखिको प्रयासले मूर्त रुप लिन लागेको र यो प्रणाली सञ्चालनमा आएपछि नेपालको पूँजी बजार अझै गहिरो र व्यापक हुने बताए । यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मुलुकको आर्थिक उन्नतिका लागि पूँजी बजारको विकास अपरिहार्य रहेको र बजारलाई आधुनिकीकरण गर्ने प्रक्रियामा नेप्से अगाडि बढेको बताए । साथै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मुलुकको पूँजी बजारमा कोशेढुंगा साबित हुने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL