Logo

शतप्रतिशत हकप्रदबाट पछि हट्यो नेशनल लाइफ इन्स्योरेन्स , यस्ताे छ नया ब्यवस्था !

शतप्रतिशत हकप्रदबाट पछि हट्यो नेशनल लाइफ इन्स्योरेन्स , यस्ताे छ नया ब्यवस्था !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई जारी गर्न लागेको शतप्रतिशत हकप्रदको निर्णयबाट पछि हटेको छ । कम्पनीको २८ औं साधारणसभाले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गर्दै ७५ प्रतिशतमात्र हकप्रद सेयर जारी गर्ने निर्णय कम्पनी संचालक समितिले गरेको छ ।

नेशनल लाइफले मौजुदा व्यवस्था परिमार्जन गर्दै अब ७५ प्रतिशत हकप्रद र २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले तत्कालको लागि चुक्ता पूँजी बृद्धिको लागि शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोमा बीमा समितिले २०७५ असार भित्र २ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेकाले हकप्रदलाई घटाई सेयर धनीलाई लक्षित गरी बोनस सेयर दिन लागेको जानकारी दिएको छ ।

कम्पनीले कुल १ अर्ब ३२ करोड ४८ लाख रुपैयाँको हकप्रद जारी गर्ने निर्णय गरेकोमा अबका दिनमा ९९ करोड ३६ लाख रुपैयाँ बरावरको हकप्रद र ३३ करोड १२ लाख १५ हजार रुपैयाँ बरावरको बोनस सेयर जारी गर्ने भएको छ । कम्पनी संचालक समितिको उक्त प्रस्तावलाई स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने भएको छ । बीमा समितिबाट स्वीकृत भएर आएसँगै पारितको लागि आगामी साधारण सभामा लगिने समेत कम्पनीले जानकारी दिएको छ ।

national_life_insurance

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL