Logo

नयाँ वर्षसँगै लगानीकर्तालाई नेप्सेको अनलाईन ट्रेडिङ उपहार, ५ महिना भित्र संचालनमा

नयाँ वर्षसँगै लगानीकर्तालाई नेप्सेको अनलाईन ट्रेडिङ उपहार, ५ महिना भित्र संचालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले लगानीकर्तालाई नयाँ वर्षको शुभकामनासँगै सेयर बजारमा अनलाईन ट्रेडिङ उपहार दिएको छ । हाल अनलाईन ट्रेडिङ संचालनमा ल्याउन विषयमा अन्तिम चरणमा पुगेको र अबको पाँच महिनाभित्र संचालनमा ल्याउने जानकारी दिएको छ ।

सेयर बजारमा सबैको पहुँच पुर्याउने उद्देश्य अनुरुप लगानीकर्ताले तत्काल अनलाईन ट्रेडिङ संचालनमा ल्याउन माग गरिरहेको बेला नेप्सेले नयाँ बर्षको शुभकामना सहित उक्त प्रतिवद्धता जाहेर गरेको हो ।

आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा लगानीकर्ताहरुको दोस्रो बजारमा पहुँचलाई सहज बनाउने गरी पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गरिने नेप्सेद्धारा जारी विज्ञाप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL