Logo

पोखरामा खुल्यो नेपाल लाइफको क्षेत्रीय कार्यालय, कार्यालय संख्या ६ पुग्यो

पोखरामा खुल्यो नेपाल लाइफको क्षेत्रीय कार्यालय, कार्यालय संख्या ६ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आफ्नो क्षेत्रीय कार्यालय खोलेको छ । बीमा सेवालाई विस्तार गर्दै गाउगाउँमा पुर्याउने उद्देश्य अनुरुप पोखरामा क्षेत्रीय कार्यालय स्थापना गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘देशका सबै क्षेत्रमा बीमा सेवा पुर्याउने उद्देश्य अनुरुप हामीले क्षेत्रीय कार्यालय स्थापना गर्दै आएका छौं,’ उनले भने, ‘पोखरामा खोलेको हाम्रो छैठौं क्षेत्रीय कार्यालय हो ।’

जीवन बीमा कम्पनीमा ससवैभन्दा अघि रहेको नेपाल लाइफको चुक्ता पूँजी नै ३ अर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ । नियामक निकाय बीमा समितिले २०७५ असार मसान्तसम्म अन्विार्य २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने नियम लागू गरेपनि नेपाल लाइफले भन्दा सोभन्दा अघि नै चुक्ता पूँजी पुर्याइसकेको छ ।

झाका अनुसार नेपाल लाइफले ६ वटा क्षेत्रीय कार्यालयसँगै १ सय १० भन्दा शाखा तथा उपशाखाबाट नेपालीहरु माझ बीमा सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL