Logo

सामान्य बढ्यो सुनको मूल्य, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

सामान्य बढ्यो सुनको मूल्य, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL